पोखरामा नेश्नल अटोक्रस च्याम्पियनसिप सुरु

पाेखरा | पुस ११, २०८२

पोखरामा नेश्नल अटोक्रस च्याम्पियनसिप सुरु

पोखरा:  पर्यटन राजधानी पोखराको पामेमा नेश्नल अटोक्रस च्याम्पियनसिप गरिएको छ । अटोमोवाइल एसोसिएसन गण्डकी, जियोन ओभरल्याण्ड र मोटरभर्स स्पोर्टस् क्लबको आयोजनामा ड्राइभ टुरिजम र सडक सुरक्षाको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त च्याम्पियनसिप गरिएको हो ।


च्याम्पियनसिपमा ४ महिला सहित ३६ जना कार राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो । मोटर स्पोर्टस्को  प्रमुख विद्याका रुपमा रहेको अटोक्रस अन्तरगत सहभागीहरूले माटो, ग्राभेल वा पिच ट्र्याकमा टाइम–अट्याक शैलीमा सकेसम्म छिटो र सटिक रूपमा रेस पुरा गर्ने गर्दछन् । यसमा स्किल र स्ट्राटेजी निकै महत्त्वपूर्ण हुने बताइएको छ । 


यसअघि च्याम्पियनसिपको शुभारम्भ गर्दै नगर प्रमुख धनराज आचार्यले साहसिक खेल पर्यटनको प्रवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 


पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा अझ मजबुत बनाउन निजी क्षेत्र, युवाहरू तथा पर्यटनसँग सम्बन्धित सङ्घ–संस्थाको सक्रिय सहभागिता अत्यावश्यक रहेको उहाँले बताउनुभयो ।

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज (शुक्रबार) एकै दिन प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। उनको सचिवालयका अनुसार मन्त्र...

थप पढ्नुहोस्

मुस्ताङ: कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ ।  गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० प...

थप पढ्नुहोस्